उद्योग व्यवसाय गर्ने वातावरण बनाउने नेतृत्व पालिका तहमा आउनुपर्ने

 बैशाख २४, २०७९ शनिबार १८:५९:५० | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका अध्यक्ष एलपी साँवालिम्बूले देशमा शान्ति र स्थायित्व कायम भए मात्र उद्योग व्यवसाय गर्ने वातावरण बन्ने बताउनुभएको छ । महासङ्घको स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उहाँले देशको शान्ति र स्थायित्वका लागि पालिका तहदेखि नै वातावरण बनाउनुपर्ने बताउनुभएको हो ।

यही वैशाख ३० गते तय भएको पालिका तहको चुनावबाट निर्वाचित हुने नेतृत्वले उद्योग व्यवसायका लागि स्थानीय तहबाटैे उचित वातावरण बनाउन सक्ने कार्यसूची भएको पार्टीलाई मतदान गर्नुपर्ने उहाँको भनाइ थियो ।

तत्कालीन नेकपा (एमाले) को नेतृत्वको सरकारका पालामा तराईमा सशस्त्र द्वन्द्व गरिरहेको सिके राउतको समूह, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलगायतलाई राजनीतिक धारमा आएर मुलुकमा शान्ति स्थापना भएको र मुलुकको दिगो शान्तिका लागि आगामी दिनमा पनि वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।

महासङ्घका उपाध्यक्ष बालकृष्ण सिवाकोटीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा स्थानीय तहदेखि नै दिगो विकास र व्यवसायका लागि काम गर्ने नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । महासङ्घको सात वटै प्रदेश, ७७ जिल्ला, सबै पालिका र १० वस्तुगत सङ्घमा सञ्जाल रहेको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया