इन्धनको भाउ बढेको विरोधमा नाइजेरियामा सोमबारदेखि हवाई उडान बन्द हुने

 वैशाख २४, २०७९ शनिबार १९:८:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इन्धनको भाउ अत्याधिक बढेको भन्दै नाइजेरियाका हवाई सेवा कम्पनीले सोमबारदेखि उडान ठप्प पार्ने भएका छन् । सरकारले हवाइ इन्धनको भाउ चार गुणाले बढाएको विरोधमा नाइजेरियाका सबै हवाइ सेवा कम्पनीले सोमबारदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

नाइजेरियन एअर अपरेटर एओनले विश्वका कुनै पनि देशमा यस्तो चर्को मूल्यवृद्धि नभएको दाबी गर्दै उडान बन्द गर्नुको विकल्प नरहेको जनाएको छ । नाइजेरियामा हवाई इन्धनको मूल्य ५० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । मूल्यवृद्धिकै कारण गएको मार्च महिनादेखि नै कयौँ उडान रद्द र ढिलाइ हुँदै आएका छन् । हवाई यातायात सञ्चालन गर्नेहो भने इन्धनमा सहुलियत दिनुपर्ने कम्पनीहरुको माग छ ।

अफ्रिकाको सबैभन्दा ठूलो इन्धन उत्पादक भए पनि नाइजेरियाले हवाइ इन्धन भने आयात गर्ने गर्दछ । नाइजेरियामा सडक यातायात असुरक्षित हुँदा हवाइ यात्रा बाध्यत्मक बनेको छ । सडकमा लुटपाट, चन्दा आतंक, अपहरण लगायतका समस्या हुँदै आएका छन् । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया