कामी रिता शेर्पा २६औँ पटक सगरमाथाको चुचुरोमा

 वैशाख २४, २०७९ शनिबार २०:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आरोही कामी रिता शेर्पा २६औँ पटक सगरमाथा आरोहण गर्न सफल हुनुभएको छ ।

२६औँ पटक सगरमाथा चढ्ने उहाँ एकमात्र आरोही हुनहुुन्छ । सगरमाथाको चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने क्रममा सेभेन समिट ट्रेकिङ कम्पनीको टोलीका बाँकी १० जना सदस्यसहित कामी रिता पनि सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । उहाँ पोहोर पनि सगरमाथाको चुचुरोमा जान लाग्नुभएको थियो तर परिवारको आग्रहपछि बीच बाटोबाटै फर्कनुभएको थियो ।

शेर्पाले आजभन्दा २८ वर्षअघि अर्थात सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । २८ वर्षको अवधिमा २६ पल्ट सगरमाथा चढ्नुभएका कामी रिताले थुप्रै कीर्तिमान बनाउनुभएको छ । शेर्पाले दुई पटक केटू हिमाल, एक पटक ल्होत्से, तीन पटक मनास्लु र आठ पटक चोयु हिमाल आरोहण गर्नुभएको छ ।

तस्बिर : सेभेन समिट 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया