भोट हाल्न जानेको भिडले काेटेश्वरमा बिहानै जाम

 वैशाख २७, २०७९ मंगलबार ८:१८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डौको कोटेश्वरमा बिहानै जाम भएको छ । काेटेश्वर र जडीबुटी क्षेत्रमा गाडी र यात्रुको भिड छ।

आउँदो शुक्रवार हुने पालिका चुनावको मतदानका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै कोटेश्वरमा चाप बढेको हो।

सार्वजनिक गाडीमा यात्रुलाई सिट पाउनै मुस्किल छ । केही आफ्नै निजी गाडीमा जाँदै छन् भने केही गाडी रिजर्भ लिएर जाँदै छन् ।

यस्तै, केही मतदातालाई सम्बन्धित दल र उम्मेदवारले गाडी पठाएका छन् ।

कोटेश्वर–जडीबुटीबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप लगायतका जिल्लाका गाडी छुट्छन् ।  मतदानको दिन नजिकिएसँगै मतदाताहरु घर फर्किने क्रम बढेसँगै बस छुट्ने ठाउँमा भिड बढेको हो ।

कोटेश्वरसँगै नयाँ बसपार्क, कलङ्की लगायत क्षेत्रमा पनि चाप बढेको छ । गएको २४ घण्टामा आठ हजार ७ सय ८९ गाडीमार्फत ५० हजार ९ सय ३० जना काठमाण्डौबाट बाहिरिएका छन् । यो अवधिमा ४१ हजार ४ सय ९ जना यात्रु काठमाण्डौ प्रवेश गरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया