संविधान दिवसमा लोकतन्त्र मेला आयोजना हुने

 असोज २, २०७५ मंगलबार १७:३३:३ | रासस
unn.prixa.net

काठमाडौं – संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा लोकतन्त्र मेला आयोजना हुने भएको छ ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा आउँदो असोज ४ गतेदेखि ६ गतेसम्म विश्वसम्पदा सूचीको ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा मेला आयोजना हुनेछ । ‘समावेशी लोकतन्त्र : समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलो पटक हुने त्यो मेलाले बहुदलीय संस्कृतिको विकास र समावेशी लोकतन्त्रलाई थप प्रवद्धन गर्ने विश्वास गरिएको छ ।

मेलालाई सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका चारै दलले सहकार्य गरेका छन् । मेलामा डेनमार्क, बेलायत, केन्या, भारत, पाकिस्तानलगायतका देशका सांसदले भाग लिने छन् । मेलाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले मेलामा राजनीतिक दलहरुका प्रदर्शनी, संविधान विशेष कक्ष, विविध संस्कृतिका कला तथा खाद्य प्रदर्शनीसमेत रहने जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संयुक्तरुपमा मेलाको उद्घाटन गर्नुहुने छ । मेलाका अवसरमा समावेशी लोकतन्त्रः राजनीतिमा महिला नेतृत्व, २१ औँ शताब्दीमा लोकतन्त्र, उत्कृष्ट संसदीय अभ्यास तथा कानून निर्माण प्रक्रिया, २१ औँ शताब्दीमा सङ्घीय लोकतन्त्र तथा शक्ति विकेन्द्रीकरण विषयमा शीर्ष नेतृत्वले सम्बोधनसमेत गर्नहुने छ ।

पत्रकार सम्मेलनमा सभापति गुरुङले संविधानका विशेषतालाई नागरिकका माझ पुर्‍याउन मेलाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया