आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन

उम्मेदवारले भोज भतेर गरे, पैसा बाँडे पनि तत्काल कारबाही हुने

 वैशाख २७, २०७९ मंगलबार १८:३१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ ।

आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तुलनात्मक रूपमा संवेदनशील ठाउँहरूमा टोली परिचालन गरेको जानकारी दिनुभयो ।  

टोलीले चुनावलाई  असर नपर्ने गरी भिडियो छायाङ्कन गर्न सक्ने र मौन अवधिमा आमसभा, कार्यशाला गोष्ठी, सम्मेलन, भोज भतेर, पैसा बाँड्ने काम भए/नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए/नभएको अनुगमन गर्ने बताउनुभयो । यस्ता गतिविधि भएको पाइएमा तत्काल कारबाही गरेर आयोगलाई जानकारी गराउने अधिकार दिइएको उहाँले बताउनुभयो ।

यसैबीच आउँदाे शुक्रवार हुने पालिका चुनावको तयारी लगभग पूरा भएको आयोगले जनाएको छ । पालिका चुनावका लागि एक लाख नौ हजार ८८ जना कर्मचारी खटिने भएका छन् । विगतमा मौन अवधिको समयमा धेरै आचारसंहिता उल्लङ्घनका घटना हुने गरेका भन्दै चुनावलाई भयरहित, स्वतन्त्र र पारदर्शी ढङ्गबाट सम्पन्न गर्ने र चुनावमा आम नागरिकको सहभागिता सुनिश्चित गर्ने दायित्व सबैको भएको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया