एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डाटा अफर

 बैशाख २७, २०७९ मंगलबार २०:२९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले पालिका चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डाटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डाटा प्राप्त गर्न सक्दछन् । यो अफर वैशाख २३ गतेदेखि नै लागू भइसकेको छ । 

अफरमा एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डाटा पाउँछन् ।

एपबाट ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले एक दिनका लागि मान्य हुने ५० एमबी डाटा पाउँछन् । १ सयदेखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा तीन दिनका लागि २ सय एमबी डाटा पाउँछन् । त्यसैगरी २ सय रुपैयाँ वा त्याेभन्दा माथिको रिचार्जमा ग्राहकले ५ सय एमबी डाटा पाउँछन् ।

नयाँ बोनस डाटा अफर र अन्य विद्यमान अफरहरू जस्तै : कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकलाई सुलभ दरमा डाटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ ।

डाटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डाटा भोल्युम र १ सय मिनेट अल नेट टक टाइम पाइन्छ ।यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित १सय ६८ रुपैयाँ पर्ने यो प्याक *१७१२३*१# डायल गरी सजिलै लिन सकिन्छ ।

भ्वाइस सेवा मात्र चाहिने ग्राहकले ९४ रुपैयाँमा सात दिनका लागि मान्य एक सय ५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताले *१७११८*३*३# डायल गरी यो भ्वाइस प्याक लिन सक्छन् ।

दैनिक रूपमा डाटा चाहिने प्रिपेड ग्राहकका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि छ ।यसमा ग्राहकले १ सय २९ रुपैयाँमा सात दिनका लागि दैनिक १ जीबी डाटा भोल्युम लिन सक्छन् । *१७१२३*१# डायल गरी ग्राहकले यो प्याक सुरु गर्न सक्छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया