पालिका चुनावको सम्पूर्ण तयारी पूरा : निर्धक्क भएर भोट हाल्न आयोगको आग्रह

 वैशाख २८, २०७९ बुधबार ७:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । जनप्रतिनिधि छान्न पर्सि ३० गते हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदानलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान समेत गर्नुभएको छ । साथै उहाँले कसैको डर, धम्की नमानी निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह समेत गर्नुभएको छ । शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउन पनि आयोगले सबै पक्षलाई अपिल गरेको छ । मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्था हुनेछ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बालिग मताधिकारको आधारमा संविधानले सबै नागरिकलाई चुनावमा सहभागी हुने अधिकार दिएको बताउनुभयो ।

यसपालीको चुनावमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले ३५ हजार २ सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्दैछन् । पालिका चुनावमा विभिन्न राजनीतिक दलका गरी तीन सय ५५ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवक आ–आप्mनो मतदान केन्द्रमा पुगिसकेको पनि आयोगले जनाएको छ । पालिका चुनावमा ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका आयोगले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया