आयोगले सोध्यो प्रचण्ड र आरजू राणालाई २४ घण्टे स्पष्टीकरण

 वैशाख २८, २०७९ बुधबार ७:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजू राणालाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस (बीपी)ले मतदातालाई धम्क्याएको भन्दै प्रचण्डविरुद्ध हिजो उजुरी दिएको हो ।

आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा गएको २३ गते चितवनमा भएको सभामा आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनामा जान्छ भन्नुको मनसाय के हो ? यो अभिव्यक्ति प्रचलित निर्वाचन कानून विपरीत छ, छैन ? पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र जवाफ पेश गर्न भनेको छ । 

त्यस्तै निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवालाई पनि स्पष्टीकरण सोधेको छ । नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा भएको कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो । आयोगले गएको २२ गते हरिशप्रसाद अवस्थी र हिजो नेपाली कांग्रेस (बीपी) ले दिएको उजुरीका आधारमा राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । कैलालीमा भएको सभामा राणाले मतदातालाई आर्थिक प्रलोभन र गठबन्धनका उम्मेदवारलाई जिताए ५/६ जनालाई मलेसियाकाे लागि निःशुल्क भिसा टिकट उपलब्ध गराईदिने भनेकोबारे आयोगले स्पष्टीकरण सोधेको हो ।
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया