भाेट हाल्न गाउँ घर जानेको भिडले काठमाण्डौका नाकामा चाप

 वैशाख २८, २०७९ बुधबार ८:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मतदान गर्ने दिन नजिकिएसँगै काठमाण्डौ उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ । काठमाण्डौका मुख्य नाका कलंकी–नागढुंगा र कोटेश्वर – जडिबुटी सडकखण्डामा आज पनि उस्तै चाप छ ।

यस्तै, लामो दूरीका बस छुट्ने नयाँ बसपार्कमा पनि यात्रुको भिड छ । गाउँ घर जाने तयारीमा रहेकाहरु बिहानै गाडी चढ्ने ठाउँमा पुगेका छन् । तर, उनीहरुलाई गाडी पाउन मुस्किल छ । गाडीको खोजीमा रहेका यात्रुको भिड सडकको छेउसम्मै छ ।

गाडी र यात्रुको चापका कारण कोटेश्वर जडिबुटी सडकखण्डमा आवागमन नै प्रभावित भएको छ । केही आफ्नै निजी गाडीमा जाँदै छन् भने केही गाडी रिजर्भ लिएर जाँदै छन् । यस्तै, केही मतदातालाई सम्बन्धित दल र उम्मेदवारले गाडी पठाएका छन् । धेरैजसो गाडी रिजर्भमा जान थालेकाले यात्रुलाई गाडी पाउन समस्या छ । भोलि झन् समस्या हुन सक्ने भन्दै धेरै जना आजै गाउँ घर जाँदै छन् । यसले भिड थप बढाएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया