रिभर फल्स पावरको आईपीओ खुल्याे

 वैशाख २८, २०७९ बुधबार १४:१०:२ | रासस
unn.prixa.net

काठमाण्डाै – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज बुधवारदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । 

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी रहेको २५ लाख ३८ हजार नाै सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

निष्कासित शेयरमा लगानीकर्ताले आजदेखि छिटोमा आउँदाे जेठ ४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा मागअनुसार आवेदन नआए आउँदाे जेठ ११ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत 'मेरो शेयर' प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ । 

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाकाे पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित प्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बीबी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्कासन र बाँडफाँटसमेत गरिसकेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया