धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
दार्चुला – व्यास गाउँपालिका १ तिङ्करका वीरेन्द्र तिङ्करी वैशाख २६ गते भारतीय बाटो हुँदै मतदान गर्न तिङ्कर हिँड्नुभयो । यही वैशाख २७ गते बेलुकी ७ बजेदेखि सीमा नाका बन्द हुने भएपछि तिङ्करी भारतीय बाटो हुँदै गाउँ पुग्नुभएको हाे ।
‘हामी आफ्नै गाउँपालिकाको वडा कार्यालय पुग्न भारतको अनुमति लिएर जानुपर्छ’, स्थानीय दानसिंह तिङ्करीले भन्नुभयो, ‘चुनाव हुने दुई बस्तीका गाउँलेहरूले पनि मतदानका लागि भारतकै अनुमति लिएर पुगेका छन् ।’
तिङ्कर र छाङ्गरुवासी ६ महिना मात्र गाउँमा बस्छन् । उच्च हिमपात र जाडो छल्नका निम्ति उनीहरू कात्तिकको अन्त्यतिर गाईवस्तुसहित बेसी झर्छन् । अनि जेठ पहिलो हप्ता उनीहरू पशुचौपायासहित यस पटक फेरि गाउँमा फर्किएका छन् । अहिले ती गाउँमा आलु, कोदो र फापरलगायत बाली लगाउने मौसम हो । चुनावका कारण नियमित बस्नेभन्दा बढी मानिस गाउँतर्फ उक्लिएका छन् ।
सरकारले चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री गएको शनिवार हेलिकप्टरमार्फत त्यसतर्फ पठाएको थियो । तर सामान्य मानिसको ओहोरदोहोर त निकै कष्टकर भएको छ । स्थानीयवासी नरेन्द्रसिंह बोहराले भन्नुभयो, ‘सानो गाउँ भएको कारण एक दिनमा दुवै गाउँ घुम्न सकिन्छ ।’ छाङ्गरुको कैलाशपति आधारभूत विद्यालय मतदान केन्द्रमा तीन सय ७५ र तिङ्करको मोती महिला सङ्घ आधारभूत विद्यालयको केन्द्रमा दुई सय ३१ मतदाता छन् ।
पूर्ववर्ती सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको थियो । नक्सामा समेटिएको भूगोलभित्र नावी, गुञ्जी र कुटी गाउँ पर्छ । राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा पाँच सय जनाको हाराहारीमा जनसङ्ख्या रहेको बताइएको छ । तर यस क्षेत्रका नागरिक नेपालको मतदाता नामावलीमा नसमेटिएका कारण यस पटक चुनावमा सहभागी हुने अवस्था नरहेको जिल्ला निर्वाचन अधिकृत प्रदीपसिंह धामीले जानकारी दिनुभयो । ‘हामीले छाङ्गरु र तिङ्करका लागि मतदान अधिकृतसहितको कर्मचारी हेलिकप्टरमार्फत पठाइसकेका छौँ’, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भन्नुभयो ।
भारतसँग सीमा जोडिएको छाङ्गरु र चीनको सीमा नजिकको तिङ्कर गाउँमा यस पटक सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिएका छन् । भौगोलिक रूपमा विकट रहेको यो ठाउँमा यस पटक म्यादी खटाइएको छैन ।
बाटो बनाउनेलाई भोट
विसं २०६२/६३ अघिसम्म सदरमुकाम खलङ्गादेखि छाङ्गरु तिङ्कर पुग्न नेपालकै घोरेटो बाटो थियो । व्यासीको गाउँ आउजाउ र बसाइँसराइ (कुञ्चा) नेपालकै भूमि भएर हुने गरेको थियो । तर यसपछि बैतडी–दार्चुला–तिङ्कर घोरेटो बाटो पुनर्निर्माण नहुँदा व्यासीलाई थातथलो पुग्न हरेक वर्ष भारतीय बाटोको प्रयोग गर्नुपरेको छ ।
दार्चुला सदरमुकाम खलङ्गादेखि व्यास २ दुम्लिङसम्म घोरेटो बाटोको अवस्था सामान्य भए पनि त्यहाँदेखि व्यास गाउँपालिका १ छाङरुसम्म क्षतविक्षत छ । सदरमुकामको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट भारत प्रवेश गरी छाङ्गरुको सीतापुलबाट महाकाली नदी पार गरी उनीहरू गाउँ पुग्ने गरेका छन् ।
भत्केको बाटो मर्मत नहुँदा भारतीय बाटो प्रयोग गर्नु बाध्यता रहेको व्यास १ का विमल बोहराले बताउनुभयो । दुम्लिङदेखि छाङ्गरुसम्मको घोरेटो बाटोको दर्जनभन्दा बढी ठाउँमा पहिरो र महाकाली नदी कटानका कारण भत्किएको छ । द्वन्द्वकालमा कुञ्चा सार्न भारतीय बाटो प्रयोग गर्न सुरु गरेका यहाँका स्थानीयवासीलाई अहिले पनि भारतकै बाटोबाट आवतजावत गर्नुपरेको छ ।
गएको वर्ष सेनाले पाँच सय मिटर घोरेटो बाटो पुनर्निर्माण गरे पनि महाकाली नदी कटान, भारतीय सडक निर्माणमा प्रयोग भएको विस्फोटक पदार्थका कारण नेपालतिरको धेरैजसो बाटो भत्किएको छ । ‘यो पटक बाटो बनाउने प्रतिबद्धता गरी आउने उम्मेदवारलाई मात्रै भोट जान्छ’, स्थानीयवासी दानसिंह तिङ्करीले भन्नुभयो, ‘नेता आउँछन् प्रतिबद्धता केही छैन ।’ अहिले स्थानीयवासीले गाउँपालिकाका अध्यक्षका उम्मेदवारलाई पनि घोरेटो बाटोको एजेन्डाका रूपमा अघि सारेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।