धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - पालिका चुनावका लागि मतदान स्थल निर्माणको काम भइरहेको छ । भोलि हुने मतदानको लागि छेकबारसहित ‘बुथ’ व्यवस्थित गर्ने काम भइरहेकाे हो ।
देशभरिका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८ सय ६५ स्वयम्सेवक परिचालन गरिएको छ । सुरक्षाकर्मी, कर्मचारी र स्वयम्सेवक मतदान केन्द्र निर्माणमा जुटेका हुन् । मतदान केन्द्र सबैलाई सहज हुने तरिकाले बनाउन आयोगले निर्देशन दिएको छ ।
मतदानको दिन पानी पर्ने सम्भावना रहेकाले यसपालि मतदानस्थलमा टेन्ट बनाउने काम पनि थपिएको छ । आयोगले मतदान केन्द्रमा टेन्टको पनि व्यवस्था गर्न यसअघि नै निर्देशन दिएको छ । मतदान केन्द्र निर्माण गर्दा स्थानीय स्तरमा उपलब्ध डोरी, बाँस, घोचा, पाल जस्ता सामग्रीको उपयोग गर्न सकिनेछ ।
साथै मतदान केन्द्रमा आवश्यक पर्ने टेबुल, बेञ्च, कुर्सी लगायतका सामग्रीको व्यवस्था मिलाउनु पर्नेछ । केन्द्रमा मत सङ्केत गर्नका लागि गोप्य कक्षसहित मतपत्रमा छाप लगाउने टेबुल राख्नुपर्ने हुन्छ ।
मतदान केन्द्रको बाहिरी भागमा खुला ठाउँमा महिला र पुरुष मतदाताको लागि डोरी वा बाँस लगाएर अलग–अलग रूपमा पङ्क्तिबद्ध हुने व्यवस्था मिलाउन, सुत्केरी/गर्भवती, अशक्त, अपाङ्गता भएका, वृद्ध, बिरामी, क्रियापुत्रीका लागि उचित व्यवस्थापन गर्न पनि आयोगले भनेको छ ।
मतदान गरिसकेको व्यक्ति फेरि मतदान कक्षतर्फ फर्कन नसक्ने गरी बाहिर निस्कने व्यवस्था मिलाउनुपर्नेछ । स्थानीय बासिन्दाको सहयोगमा मतदान केन्द्रको वरपर सम्भव भएसम्म खानेपानी र शौचालयको पनि प्रबन्ध मिलाउनु पर्नेछ ।
भोलि हुने मतदानका लागि अन्तिम तयारी भइरहेको आयोगले जनाएको छ । सबै मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारीले सुरक्षा घेरा व्यवस्थित गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने र मतदानको तरिकाबारे बुझाउन लागि परेको र आज बेलुकासम्म यी सबै काम सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
तस्बिर : निर्वाचन आयाेग र रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।