सुनको भाउ आज ८ सय रुपैयाँले बढ्यो

 बैशाख २९, २०७९ बिहिबार ११:३४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य आज ९७ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
 

अन्तिम अपडेट: जेठ १, २०७९

तपाईको प्रतिक्रिया