बागी उम्मेदवारलाई सघाएको आरोपमा कांग्रेसका पूर्व सांसद श्रेष्ठसहित ५ जना निलम्बित

 बैशाख २९, २०७९ बिहिबार १३:५८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बागी उम्मेदवारी दिन उस्काएको र सहयोग गरेको भन्दै नेपाली कांग्रेसले चितवनका पूर्व सांसदसहित पाँच जनालाई निलम्बन गरेको छ ।

कांग्रेसले चितवनको भरतपुर घर भएका पूर्व सांसद भीमबहादुर श्रेष्ठ, तरुण तलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दल चितवनका पूर्व जिल्ला सचिव आनन्दराजन राउत र क्रियाशील सदस्य डाक्टर केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । उनीहरूले केन्द्रीय निर्देशन विपरीत पाँच दलीय गठबन्धनका उम्मेदवारहरूका विरुद्धमा सक्रिय रहेर पार्टीको विधान र अनुशासनभन्दा बाहिरको काम गरेको कार्यवाहक मुख्यसचिव डाक्टर प्रदीप पराजुलीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्व सांसद श्रेष्ठसहित पाँच जनाले चितवनको भरतपुर महानगपालिकामा गठबन्धनका उम्मेदवारको विपक्षमा क्रियाकलाप गरेको कांग्रेसको आरोप छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया