श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त

५ औँ पटक प्रधानमन्त्री बन्ने पहिलाे व्यक्ति

 वैशाख २९, २०७९ बिहीबार १९:५६:२४ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त हुनुभएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । 

विक्रमासिङ्घे श्रीलङ्कामा सबैभन्दा धेरै पाँच पटक प्रधानमन्त्री बन्नुभएको हो । उहाँले शपथ लिइसक्नुभएको छ । प्रधानमन्त्री बन्न राष्ट्रपतिले विपक्षी नेताहरूलाई आग्रह गरे पनि नेताहरूले अस्वीकार गरेपछि विक्रमासिङ्घे प्रधानमन्त्री बन्नुभएको हो । 

गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा आन्दोलन चर्किएको छ । प्रधानमन्त्रीबाट राजीनामा दिनुभएका महिन्दा राजापाक्षेको घरमा आन्दोलनकारीले आगो लगाइदिएपछि उहाँ सेनाको शिविरमा बस्दै आउनुभएको छ ।

आजै अदालतले राजापाक्षेसहितका १६ जना व्यक्तिलाई देश छाडेर जान रोक लगाएको छ । यद्यपि उहाँकाे छाेराले आफू र आफ्ना बुबाकाे देश छाड्ने मनसाय नभएकाे भन्दै कुनै पनि प्रकारकाे जाँचमा सहयाेग गर्न तयार रहेकाे बताउनुभएकाे छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया