कास्कीमा मतदान केन्द्र र गणना स्थल तयार, तारजालीसँगै पानी छेक्न त्रिपाल

 बैशाख २९, २०७९ बिहिबार २०:१६:२० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – भाेलि शुक्रवार हुने पालिका चुनावका लागि कास्कीका पाँच वटै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको छ । कास्कीका सबै पालिकामा मतदान केन्द्र र मतगणना स्थल तयार भएको मुख्य निर्वाचन कार्यालय पोखराका प्रवक्ता निल पनेरुले जानकारी दिनुभयाे । 

देशकै दोस्रो ठूलो सहर पोखरा महानगरमा यस पटक दुई लाख सात हजार सात सय १२ जना मतदाता छन् । कास्कीमा एक सय ५० वटा मतदान स्थल र तीन सय ३६ मतदान केन्द्र छन् जसमा झन्डै २७ सय कर्मचारी खटिएका छन् ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले चुनावका दिन पानी पर्न सक्ने अनुमान गरेकाे छ । पानी पर्ने अनुमानसँगै सबै निर्वाचन केन्द्रले थप तयारी गर्दै त्रिपाल र प्लास्टिकको व्यवस्था गरेको प्रवक्ता पनेरुले बताउनुभयाे । 

यसपालि पोखरामा मतगणना १० ठाउँबाट गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले व्यवस्थापन मिलाएको छ ।

जिल्ला समन्वय समितिको भवन र उपत्यका नगर विकास समितिको भवनबाट मतगणना गर्न लागिएको हो । मतगणना स्थलमा सीसीटिभी क्यामेराका साथै तारजाली लगाइएको छ ।   

मतदान केन्द्रमा तीन वटा घेरामा सुरक्षा व्यवस्था तयार गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयाे । मतदान केन्द्रको भित्र नेपाल प्रहरी र म्यादी, त्योभन्दा बाहिर सशस्त्र प्रहरी र अन्तिम सुरक्षा घेरामा नेपाली सेना हुने छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया