पानी परेपछि उदयपुरका केही केन्द्रमा मतदान राेकियाे

 बैशाख ३०, २०७९ शुक्रबार १७:३९:३७ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – पालिका चुनाव अन्तर्गत उदयपुरमा अहिलेसम्म झन्डै ५५ प्रतिशत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत दीपक खनालका अनुसार जिल्लामा अहिलेसम्म झन्डै ५५ प्रतिशत मत खसेको र मतदान शान्तिपूर्ण रूपमा भइरहेकाे बताउनुभयाे । उदयपुरमा दुई सय ५८ केन्द्रबाट मतदान भइरहेकाे छ । केही केन्द्रमा भने पानी परेपछि मतदान प्रभावित भएकाे खनालकाे भनाइ छ । 

उदयपुरमा दुई लाख २३ हजार एक सय ३८ जना मतदाता छन् । जसमध्ये एक लाख १० हजार दुई सय ५१ जनापुरुष, एक लाख १२ हजार आठ सय ८५ जना महिला र दुई जना अन्य रहेका मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया