उदयपुरको मतदान केन्द्रमा गोली चल्यो

 बैशाख ३०, २०७९ शुक्रबार १८:४१:२७ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरको कटारी नगरपालिका १० मा रहेको कालिका माध्यमिक विद्यालय सोरुङ्ग छविसेको मतदान केन्द्रमा गोली चलेको छ । 

शुक्रवार दिउँसो साढे ४ बजेतिर गोली चलेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मतदानको अन्तिम समयमा गोली चलेको जानकारी आएको छ । यसबारेमा बुझिरहेका छौँ । गोली लागेर क्षति भएको/नभएको जानकारी लिइरहेका छौँ ।’

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले गोली चलेको हल्ला आएको र आफूले आधिकारिक रूपमा बुझ्न नपाएको बताउनुभयाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया