बङ्गलादेशमा सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक

 बैशाख ३१, २०७९ शनिबार ६:२४:५५ | एजेन्सी
unn.prixa.net

बङ्गलादेश सरकारले सबै सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ ।

बङ्गलादेश सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रम ल्याएको छ । त्यसमा कोभिडपछि देशको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट सरकारी अधिकारीको विदेश भ्रमणमा रोक लगाइएको हो ।

सरकारको कार्यक्रमलाई सहयोग गर्न पनि त्यहाँको अर्थ मन्त्रालयले आग्रह गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बङ्गलादेशको केन्द्रीय बैंकले विलासिता र अत्यावश्यक बाहेकका वस्तुहरु आयातमा पनि रोक लगाएको छ ।

वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको भन्दै खाद्यान्न र अत्यावश्यक सेवा तथा सामग्रीबाहेकका अरु सामानको आयातमा रोक लगाइएको खबरमा उल्लेख छ ।


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया