च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
कास्की - पोखरा महानगरपालिकाको मतगणना आज २ बजेदेखि सुरु हुने भएको छ ।
मुख्य चुनाव अधिकृतको कार्यालयले दलहरुसँगको छलफलपछि आज २ बजेदेखि गणना सुरु गर्ने निर्णय भएको हो । दुई बजेभन्दा पहिला दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापन गनुपर्ने निर्णय भएको छ । त्यस अगाडि साढे १ बजेसम्म वडा गतरुपमा मतपेटिका मिलाउने सहमति भएको छ ।
पोखरामा करिब ६९ प्रतिशत मत खसेको थियो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेका छन् । याे अघिल्लो स्थानीय चुनावभन्दा करिब ५ प्रतिशतले कम हो । अघिल्लो चुनावमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको चुनाव कार्यालयले जनाएको छ ।
कास्कीको रुपा गाउँपालिकामा मतगणना चलिरहेको छ भने अन्नपूर्ण, माछापुच्छ्रे, मादीको मतगणनाको तयारी भएको छ । अन्नपूर्ण गाउँपालिकामा २० लाख ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेका चुनाव कार्यालयले जानकारी दिएको छ ।
माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेका छन् । यसमध्ये १५ हजार १ सय ५० जनाले मतदान गरेका छन् । मादी गाउँपालिकामा १८ हजार ७ सय ८२ मतदातामा १३ हजार ७ सय ६३ जनाले मतदान गरेका छन् । रुपा गाउँपालिकामा १४ हजार ६ सय ७५ मतदातामा १० हजार ३ सय ४४ जनाले मतदान गरेका छन् ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।