बुटवल उपमहानगरमा मेयरमा कांग्रेसकाे र उपमेयरमा एमालेकाे अग्रता

 जेठ २, २०७९ सोमबार ९:५४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकाे अग्रता छ । कांग्रेसका मेयर उम्मेदवार खेल राज पाण्डेयले ५ हजार ५ सय ५५ मत पाउनु भएको छ ।

यस्तै, एमालेका उम्मेदवार बाबुराम भट्टराईले ३ हजार ७ सय ४१ मत प्राप्त गर्नु भएको छ । यस्तै, राप्रपाका मृगेन्द्रकुमार शेरचनले एक हजार ४ सय ५ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा भने  एमालेलाई अग्रता छ । एमालेकी सावित्रा देवि अर्यालले ४ हजार २ सय ५७ मत ल्याउनु भएको छ भने एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ३ हजार १ सय ४० र राप्रपाकी भगवती पाण्डेले एक हजार ८ सय ८ मत प्राप्त गर्नु भएको छ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया