चुनावको मत परिणाम आउन थालेपछि एमाले अत्तालियाे : कांग्रेस

 जेठ २, २०७९ सोमबार १४:५२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले पालिका चुनावको मत परिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अत्तालिएको जनाएको छ । 

कांग्रेसले आज साेमवार विज्ञप्ति निकालेर पालिका चुनावबारे नेकपा एमालेले गठबन्धनप्रति लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण समेत भएको जनाएको छ । हिजो एमालेले निर्वाचन प्रक्रियालगायतमा प्रश्न उठाउँदै कांग्रेसले धाँधली गरेको आरोप लगाएको थियो । 

चुनावमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले एमाले अत्तालिएको पाइएको तर कांग्रेसले मत परिणामलाई स्वाभाविक मानिरहेको प्रवक्ता प्रकाशशरण महतले निकालेको विज्ञप्तिमा भनिएको छ । 

चुनावको परिणाम आफ्नो पक्षमा नआएपछि एमालेले चुनावको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर योजनाबद्ध रूपमा धाँधली गरेको भन्नु गैरजिम्मेवारीपन भएको कांग्रेसले जनाएको छ ।  

निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगले गरेको र त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नभएको विज्ञप्तिमा दाबीसमेत गरिएको छ । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया