उदयपुरकाे राैतामाई गाउँपालिका अध्यक्षमा माओवादीकाे जित

 जेठ ३, २०७९ मंगलबार ८:१५:४ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार भरत बहादुर थापालाई हराउँदै गठबन्धनबाट नेकपा माओवादी केन्द्रका वीरेन्द्रकुमार मगर विजयी हुनुभएको छ । थापालाई ८ सय ४२ मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित हुनुभएको हो  । मगरले ४ हजार १ सय ८८ मत ल्याउँदा थापाले ३ हजार ३ सय ४६ मत प्राप्त गर्नुभएको छ।  

त्यसैगरी उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भूपेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । थापाले ३ हजार ६ सय ९९ मत पाउँदा एमालेकी कुमारी ज्यू ठकुरीले ३ हजार ९३ मत प्राप्त गर्नुभयो नेकपा एमालेकी उपाध्यक्ष ठकुरी अघिल्लो निर्वाचनमा उपाध्यक्षमा विजयी उपाध्यक्ष हुनुभएको थियो।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया