उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गयो, चार जना घाइते

 जेठ ४, २०७९ बुधबार ८:५७:१४ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको उदयपुरगढी-६ नेपालटारमा बा २५ च ७८१९ नम्बरको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । 

दुर्घटनामा विराटनगर महानगरपालिका-५ चाँदनीचोक बस्ने ३४ वर्षीय डेबिट भनिने देवेन्द्र चापागाईँको ज्यान गएको हो । 

दुर्घटनामा विराटनगर महानगरपालिका वडा नम्बर ५ बस्ने ३१ वर्षका विशाल राय, २३ वर्षका सुजन खतिवडा, २७ वर्षका सागर घिमिरे, ३५ वर्षका सुरज पौडेल रहेका छन् ।

उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया