सुनको भाउ ९ सय रुपैयाँले घट्यो

 जेठ ४, २०७९ बुधबार १०:५७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज ९ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया