थपियो यतीको एटिआर विमान, १५ दिनभित्र उडान सुरु हुने

 असोज ४, २०७५ बिहीबार ५:५४:२२ | रासस
unn.prixa.net

काठमाडौं - निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ । 

मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब तीन वटा एटिआर विमान भएका छन् । 

उक्त विमान फ्रान्सको टुलुस शहरबाट इटाली, इजिप्ट, मस्कट हुँदै काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ । थपिएको एटिआर विमान हालका गन्तब्यबाहेक भद्रपुर तथा निकट भविष्यमै पोखरा सेवा दिने यति एयरलाइन्सका वरिष्ठ प्रवन्धक तथा प्रवक्ता भीमराज राईले जानकारी दिनुभयो । यतीको एटिआर विमानले हाल विराटनगर, भैरहवा, नेपालगञ्ज उडान भर्दै आएको छ । 

यती एयरलाइन्सको थपिएका तीन वटा एटिआर–७२–५०० र ६ वटा बिएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन् । यतीकै भगिनी संस्था तारा एयरसँग दुई वटा डरनियर डिओ–२२८, दुई वटा ट्विन अटर डिएचसी–३०० र दुई वटा ट्विन अटर भिकिङ ४०० सिरिज छन् । जम्मा छ वटा एटिआर विमान भित्र्याउने योजनामा रहेको यतीले थप विमान ल्याउने प्रक्रियामा रहेको कम्पनीका प्रवक्ता राईले बताउनुभयो । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाई २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकामा त्यसलाई साकार तुल्याउन साझेदारीका रुपमा सेवा पु¥याउने उद्देश्यले विमान सेवालाई प्रयोग गरिने कम्पनीले जनाएको छ । “नेपाल भ्रमण वर्षलाई लक्षित गरी विमानको सेवालाई अघि बढाइने छ, साथै नजिकिएको नेपालीको महान् चाड दशैँमा यात्रुको सहजतालाई समेत ध्यानमा राखेर सेवालाई प्रभावकारी बनाइनेछ,” उहाँले भन्नुभयो । 

नयाँ एटिआरले आवश्यक प्रक्रिया पूरा गरी अबको १५ दिनभित्र उडान शुरु गर्ने जनाइएको छ । 

 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया