भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको ज्यान गयो

 जेठ ७, २०७९ शनिबार १६:५१:५४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर/इण्डिया टुडे

भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको ज्यान गएको छ । हिजो दिउँसो तीव्र गतिमा चलेको हावा हुरी र चट्याङमा परेर बिहारका १६ वटा जिल्लामा ३३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

हावाहुरी र चट्याङले करोडौँ मूल्य बरारबको भौतिक सम्पत्ति पनि नष्ट गरेको खबरमा उल्लेख छ । कयौँ ठाउँमा बिजुलीका खम्बा ढलेका, पुल भत्किएका र रुख ढल्दा घर भत्किएका र सडक बन्द भएका छन् । पटनाको मौसम विभागले अझै केही दिन तीव्र गतिमा हावाहुरी चल्ने पूर्वानुमान गरेको छ ।

बिहारका मूख्यमन्त्री नितिश कुमारले ज्यान गुमाएका परिवारलाई ४ लाख रुपैयाँका दरले राहत दिने घोषणा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितलाई राहत र उद्धारको लागि निर्देशन दिनुभएको छ ।
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया