अफ्रिकामा खाद्यसङ्कटको जोखिम घटाउन अफ्रिकी विकास बैंकको सहयोग

 जेठ ८, २०७९ आइतबार ९:३५:३९ | एजेन्सी
unn.prixa.net

अफ्रिकी विकास बैंक (एएफडीबी) ले अफ्रिकी देशलाई सम्भावित खाद्य सङ्कटको जोखिम घटाउन १ दशमलव ५ अर्ब अमेरिकी डलर अनुमोदन गरेको छ ।

रूस–युक्रेन सङ्कटबाट उत्पन्न खाद्य आपूर्तिको अवरोधका कारण अफ्रिकाले अहिले कम्तीमा तीन करोड मेट्रिक टन खाद्यान्नको अभाव सामना गर्नुपरेको विवरण छ । अफ्रिकामा गहुँ, मकै र भटमासजस्ता प्रमुख खाद्यान्नको अभाव छ ।

बिउ र स्थानीय उत्पादन बढाउन यान्त्रिकरणका लागि बैंकको सहयोग आवश्यक रहेको एएफडीबीका अध्यक्ष अकिनवुमी अडेसिनाले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तत्काल २० लाख अफ्रिकी साना किसानलाई प्रमाणित बिउ उपलब्ध गराउने तयारी छ ।

सहयोगले कृषि मलको पहुँच बढाउने र खाद्यान्नको उत्पादन बढाउन पनि किसानलाई सक्षम बनाउने बैंकले उल्लेख गरेको छ ।     
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया