उदयपुर : चट्याङ लागेर एक महिलाको ज्यान गयाे

 जेठ ८, २०७९ आइतबार १४:३०:५१ | सुमित्रा कोइराला
unn.prixa.net

साङ्केतिक तस्बिर

उदयपुर – उदयपुरमा आज आइतवार बिहान चट्याङ लागेर एक महिलाकाे ज्यान गएकाे छ ।

आज आइतवार बिहान चट्याङ लागेर कटारी नगरपालिका ११ गोठडाँडाकी ४५ वर्षीया भक्तकुमारी बुढाथोकीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आफ्नै घरमा बसिरहेकाे अवस्थामा पानी परिरहेकाे बेला चट्याङ लाग्दा बुढाथाेकी घाइते हुनुभएकाे थियाे । बुढाथाेकीलाई उपचारका लागि कटारी अस्पतालमा पुर्‍याएलगत्तै उहाँकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहन थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया