एकै वर्षमा २ अर्बभन्दा धेरै डलर गुमाउनु चिन्ताकाे विषय : गभर्नर

 जेठ ८, २०७९ आइतबार १९:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि क्षतिपूर्ति गर्न कठिन हुने बताउनुभएको छ । आज आइतवार नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

गर्भनर अधिकारीले भन्नुभयो, ‘हामीले नाै महिनामा झन्डै दुई अर्ब ३८ करोड डलर बराबरको सञ्चिति प्रयोग गरेका छौँ । एकै वर्षमा यति धेरै डलर प्रयाेग गर्नु हाम्रो जस्तो अर्थतन्त्रका लागि निकै संवेदनशील कुरा हो ।’

गभर्नर अधिकारीले विश्वभर उत्पादनको तुलनामा उपभोग बढिरहेको र यो अन्तरकाे असर सबैतिर परेको बताउनुभयो । उहाँले नेपालकाे अर्थतन्त्र आयातमा आधारित भएकाले आयातसँगै मूल्य वृद्धि भएको उहाँले उल्लेख गर्नुभयाे । आयातित र आन्तरिक मूल्य वृद्धिको अन्तरको अध्ययन भइरहेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया