युक्रेनमा युद्ध अपराध गरेको अभियोगमा एक जना रुसी सिपाहीलाई आजीवन जेल सजाय

 जेठ ९, २०७९ सोमबार १८:१०:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – युक्रेनको एउटा अदालतले युद्ध अपराधको अभियोगमा एक जना रुसी सिपाहीलाई आजीवन जेल सजाय तोकेको छ । रुसी सैनिक विरुद्ध युक्रेनमा पहिलो पटक दर्ता भएको युद्ध अपराधसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अदालतले रुसी सिपाही सार्जेन्ट वादिम शिशिमारिनलाई दोषी ठहर गरेर आजीवन जेलको सजाय सुनाएको बीबीसीले जनाएको छ । 

एक जना साइकल यात्री गैरसैनिक नागरिकको हत्या गरेको आरोप लागेका ती सिपाहीले आरोप स्वीकार गरेका अदालतको आदेशमा उल्लेख छ । ती सिपाहीले आफूले सैनिक नियमअनुसार आदेशमा काम गरेको पनि बताएका छन् । 

यस्तै युक्रेनले युद्ध अपराधसम्बन्धी अरू धेरै मुद्धामा अनुसन्धान गरिरहेको जनाएको छ । युक्रेनले रुसी सेनाबाट युद्धको क्रममा युद्ध अपराधसम्बन्धी ११ हजार वटाभन्दा धेरै घटना भएको दाबी गरेको छ । तर रुसले भने आफ्नो सेनाको तर्फबाट गैरसैनिक लक्षित आक्रमण नभएको दाबी गर्दै आएको छ । 

रुसका रक्षा अधिकारीले अहिले किएभमा रहेको दूतावास पनि बन्द रहेकोले पक्राउ परेका रुसी सिपाहीको व्यक्तिगत रक्षाका लागि उपाय नभएको तर विकल्पहरू खोजी गरिरहेको बताएका बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया