चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने बाइडेनको चेतावनी

 जेठ १०, २०७९ मंगलबार ७:२०:५ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिनुभएको छ ।

जापान भ्रमणका क्रममा उहाँले ताइवान मामिलामा चीन खतरासँग खेलिरहेको प्रतिक्रिया समेत दिनुभएको बीबीसीले जनाएको छ ।

चीन–ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गर्दै उहाँले भन्नुभयो,‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पहिचान मेटाउने प्रयास गरिरहेका छन् ।’

अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध छैन । अमेरिकी राष्ट्रपतिका रूपमा जो बाइडेन पहिलो एसिया भ्रमणमा हुनुहुन्छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया