उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना सुरु

 जेठ १०, २०७९ मंगलबार १५:४८:२४ | सुमित्रा कोइराला
unn.prixa.net

फाइल फाेटाे

उदयपुर – त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडा नम्बर १२ मा पुनः मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनुभयो ।

‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’, सिलवालले भन्नुभयो, ‘मतगणना सुरु गरेका छौँ ।’ त्रियुगा–१२ को जनप्रेमी माविमा रहेका 'क', 'ख' र 'ग' मतदान केन्द्रमा गएकाे वैशाख ३० गते भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो । यस केन्द्रमा पुनः मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरूबीच विवाद भएपछि मतगणना सुरु हुन सकेको थिएन ।

विवादित यस मतदान केन्द्रको निर्वाचन आयोगको टोलीले स्थलगत अनुगमन पनि गरेको थियो । तर, लामो समयसम्म आयोगको निर्णय नआउँदा के गर्ने भन्नेमा अन्याेल भएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया