युक्रेनका राष्ट्रपति र फिनल्यान्डका प्रधानमन्त्रीबीच भेटवार्ता, युरोपेली देशको सम्बन्ध र सहकार्यबारे छलफल

 जेठ १४, २०७९ शनिबार ९:२८:१७ | एजेन्सी
unn.prixa.net

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फिनल्यान्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ।

युक्रेन भ्रमणमा रहेका फिनल्यान्डका प्रधानमन्त्री मारिनले जेलेन्स्कीसँग राजधानी किएभमा भेटवार्ता गर्नुभएको हो। उहाँहरुबीच युरोपेली देशको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ ।

युक्रेनमा रुसले आक्रमण गरेपछि अवस्था निक्कै खराब बन्दै गएको छ । युद्धकै कारण युक्रेनले बाह्य देशको सहयोग खोजी रहेको छ।

आर्थिक तथा सुरक्षा र मानवीय सहयोग उपलब्ध गराएकोमा युक्रेनका राष्ट्रपतिले फिनल्यान्डका प्रधानमन्त्री मारिनको प्रशंसा गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।     

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया