किसानसँग सरकार कार्यक्रम सुरु हुने, देशभर १ सय वटा खाद्य गोदाम बनाउन बजेट

 जेठ १५, २०७९ आइतबार १७:९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुनर्संरचना गर्ने भएको छ । बजेटमार्फत यसका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन भएको छ । 

किसान हुनुमा आत्मसम्मान र गौरव महसुस गर्न किसानसँग सरकार कार्यक्रमअन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरुवात गर्ने किसान हित कोष स्थापना गरिने भएको छ । कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिनेछ । कोष स्थापना गर्न बिउ पुँजीस्वरुप एक अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । 

ग्रीन हाइड्रोजन र ग्रीन इमोनिया प्रविधिको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डमाफर्त काम अघि बढाउने, आउँदो वर्ष प्रमुख बाली लगाउने समयमा रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गरिने बजेटमा उल्लेख छ । 

यस्तै हरेक पालिकामा प्राङ्गारिक मल उत्पादन र प्रयोगका लागि रकम विनियोजन भएको छ । यस्तै खाद्यान्न भण्डारणका लागि एक सय वटा खाद्य गोदाम र घर निर्माण गर्न ४५ करोड रुपैयाँ विनियोजन भएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया