स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ बजेट

 जेठ १५, २०७९ आइतबार १७:२५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रका लागि एक खर्ब तीन अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरेको बजेटबारे जानकारी गराउनुभएको हो । कुल बजेटमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ, प्रदेशमा ६ अर्ब ३६ करोड रुपैयाँ र पालिकाका लागि २७ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । 

सरकारले सुत्केरीलाई पोषण भत्ता, ४० वर्ष नाघेका नागरिकको स्वास्थ्य परीक्षण, एक चिकित्सक एक अस्पताल लगायतका लोकप्रिय कार्यक्रम अघि सारेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया