अब ६८ वर्षमै वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब २४ अर्ब रुपैयाँ छुट्याइयाे

 जेठ १५, २०७९ आइतबार १७:३८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले ज्येष्ठ नागरिक भत्ता (वृद्ध भत्ता) पाउने उमेर घटाएर ६८ वर्षमा झारेको छ । यसअघि ७० वर्षमा दिँदै आएको भत्ता अब ६८ वर्षमै दिने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो । 

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ताका लागि मात्रै एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लक्षित वर्गका बालबालिका लगायतलाई दिने सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब २४ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको हो ।  

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने बताएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • KHEMRAj bhattrai

    May 29, 2022, 7:56 p.m.

    सामाजिक सुरक्षा भत्ता कतिले बढ्यो त ??

  •  0 Reply

तपाईको प्रतिक्रिया