जलस्रोत तथा सिँचाइतर्फ ३३ अर्ब ५० करोड रुपैयाँको बजेट

 जेठ १५, २०७९ आइतबार १९:२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले आउँदो दुई वर्षभित्रमा सबै घरमा विद्युतीकरण सम्पन्न गर्ने बजेटमा उल्लेख गरेको छ । 

२० युनिटसम्मको बिजुली निःशुल्क दिने कार्यक्रम यथावत् राख्ने, आउँदो वर्ष सात सय १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने, ऊर्जाको खपत विशेष कार्यक्रम चलाइने, जलविद्युत् आयोजना छनोट गर्दा जलाशययुक्त आयोजनालाई जोड दिइने पनि बजेटमा उल्लेख छ । यस्तै कोरोना महामारीका कारण आयोजना अघि बढाउन नसकेका आयोजनाको अनुमतिपत्रको मिति दुई वर्ष थप गरिने उल्लेख छ । 

यस्तै 'एलपी ग्यास छाडौँ बिजुली जोडौँ' अभियान चलाइने भएको छ । विद्युतीय गाडीको प्रयोग बढाउन चार्जिङ स्टेशन बढाउने पनि बजेटमा उल्लेख छ । 

आउँदाे आर्थिक वर्ष २०७९/८० का लागि जलस्रोत तथा सिँचाइतर्फ ३३ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया