सरकारी कर्मचारीकाे तलब १५ प्रतिशतले बढ्दा कसकाे कति पुग्याे ?

 जेठ १५, २०७९ आइतबार २०:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि दिँदै आएको मासिक दुई हजार रुपैयाँ भक्तालाई निरन्तरता दिँदै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको बताउनुभएकाे हाे । 

योसँगै अब विभिन्न तहका कर्मचारीको तलब कम्तीमा ३५ सय २० रुपैयाँदेखि १० हजार दुई सय ६० रुपैयाँसम्म बढेको छ । बढेको तलब निजामतीका साथै प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरूका लागि पनि लागू हुनेछ ।  

१५ प्रतिशत तलब बढेपछि मुख्य सचिवस्तरका कर्मचारीको तलब ७७ हजार दुई सय ११ रुपैयाँ पुगेको छ । यस अगाडि मुख्य सचिव तहका कर्मचारीको तलब ६७ हजार एक सय ४० रुपैयाँ थियो ।

सचिवस्तरको तलब ७२ हजार ८२ रुपैयाँ पुगेको छ । यस अगाडि सचिवस्तरका कर्मचारीको तलब ६२ हजार ६ सय ८० रुपैयाँ थियो । 

सहसचिव स्तरका कर्मचारीको तलब ५६ हजार सात सय ८७ रुपैयाँ पुगेको छ । यस अगाडि सहसचिव तहका कर्मचारीको तलब ४९ हजार तीन सय ८० रुपैयाँ थियो । 

उपसचिव तहको कर्मचारीको तलब ४८ हजार सात सय ३७ रुपैयाँ पुगेको छ । यस अगाडि उपसचिव तहको कर्मचारीको तलब ४२ हजार तीन सय ८० रुपैयाँ थियो । 

शाखा अधिकृत तहका कर्मचारीको तलब ४३ हजार ६ सय ८९ रुपैयाँ पुगेको छ । यस अगाडि शाखा अधिकृत तहको कर्मचारीको तलब ३७ हजार नाै सय ९० रुपैयाँ थियो । 

नायब सुब्बा तहको कर्मचारीको तलब ३४ हजार सात सय ३० रुपैयाँ पुगेको छ । यस अगाडि नायब शुब्बा तहको कर्मचारीको तलब ३० हजार दुई सय रुपैयाँ थियो । 

खरिदार तहको कर्मचारीको तलब ३२ हजार नाै सय दुई रुपैयाँ पुगेको छ । यस अगाडि खरिदार तहका कर्मचारीको तलब २८ हजार ६ सय १० रुपैयाँ थियो । 

सरकारी कर्मचारीले यसबाहेक थप दुई हजार रुपैयाँ मासिक भत्ता पनि पाउनेछन् । कर्मचारीको सेवा सुविधा प्रत्येक दुई/दुई वर्षमा पुनरावलोकन गर्ने गरिएकाे छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया