उदयपुरमा ट्रक पल्टिँदा चार जनाको ज्यान गयो

 जेठ १६, २०७९ सोमबार ९:५०:१७ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरमा ट्रक पल्टिँदा चार जनाको ज्यान गएको छ ।

गएराति कटारी नगरपालिका-१४ भदौरेमा ना ८ ख ८२९७ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालक बाराका ३३ वर्षका सुदीप घलान, सहचालक नितेश खड्कासहित ट्रकमा रहेका १६ वर्षका अनुस लामा र ३७ वर्षका राजन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

बाराको पथलैयाबाट सिमेन्ट बोकेर सोलुखुम्बुका लागि छुटेको ट्रक दुर्घटनामा परेको हो ।

यसैबीच, दाङको राप्ति गाउँपालिका-४ श्री नारायण चोकमा अस्थायी नम्बर प्लेटको ट्रकको ठक्करबाट स्थानीय ५२ वर्षका बलु गिरीको ज्यान गएको छ ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया