अल्बानियाकाे संसद् ३ पटकमा पनि राष्ट्रपति चयन गर्न असफल

 जेठ १६, २०७९ सोमबार १९:३६:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अल्बानियाकाे संसद् तीन पटकमा पनि राष्ट्रपति चयन गर्न असफल भएको छ । चुनावका लागि तीन पटक समय तोक्दा पनि राष्ट्रपतिमा कसैको उम्मेदवारी नपरेपछि नयाँ राष्ट्रपति चयन गर्न संसद् नै असफल भएको हो ।

पछिल्लो समय प्रधानमन्त्री चयनका लागि आज सोमवार बैठक बोलाइएको र आइतवार बेलुका ४ बजेसम्ममा उम्मेदवारी दर्ता भइसक्नु पर्नेमा उम्मेदवारी दर्ता नभएको संसद् सचिवालयले जनाएको छ । 

त्यसअघि गएकाे मे १६ र २३ तारिखमा राष्ट्रपति चयनका लागि चुनाव  हुने तय गरिएको थियो ।

प्रक्रिया सुरु भएदेखि नै सत्तारूढ दल सोसलिस्ट पार्टी (एसपी) ले सुरुको तीन चरणसम्म विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ताका लागि मौका दिन चाहेको जनाएको छ । तीन पटकसम्म पनि विपक्षी दलहरूले उम्मेदवारी दर्ता नगरेर उनीहरू गैरजिम्मेजार भएको सत्तारूढ दल एसपीका प्रमुख तौलान्त बालाले आरोप लगाउनुभएको छ । 

अल्वानियाको राष्ट्रपति चयन हुनका लागि पहिलो तीन चरणमा हुने चुनावमा कुल सांसदहरूमध्ये ८४ मत आवश्यक पर्नेमा अहिले सत्तारूढ दलसँग ७४ सांसदको मात्रै समर्थन रहेको छ । 

अल्बानियाको संसद्‍मा अहिले एक सय ४० सांसद रहेका छन् । तीन पटकसम्म कुनै उम्मेदवारले ८४ सांसदको समर्थन जुटाउन नसकेपछि चौथो वा पाँचौँ चरणको चुनावमा ७१ सांसदको मात्रै समर्थन भए पनि पुग्ने व्यवस्था रहेको छ । 

उम्मेदवारी दर्ताका लागि भने २० सांसदको हस्ताक्षर बुझाउनुपर्ने प्रावधान रहेको छ । अहिलेका राष्ट्रपति इलिर मेटाको कार्यकाल यही जुलाईमा सकिने भएकाले नयाँ राष्ट्रपति चयन गर्नुपर्ने भएको हो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया