रणनीतिक महत्वको युक्रेनी शहर सेभेरोडोनेट्स्कको अवस्था खराब

 जेठ १७, २०७९ मंगलबार ६:४५:२३ | एजेन्सी
unn.prixa.net

रणनीतिक महत्त्वको युक्रेनी शहर सेभेरोडोनेट्स्कको अवस्था खराब हुँदै गएको छ । लुहान्स्कका गभर्नर सेर्हेइ हाइडाइले औद्योगिक केन्द्रमा लडाइ भैरहेको र आफूहरूले हताहत हुनेको सङ्ख्या यकिन गर्न छोडेको प्रतिक्रिया दिनुभएको छ ।

पूर्वी लुहान्स्क क्षेत्र कब्जा गर्ने लक्ष्यसहित सेभेरोडोनेस्ट्क शहर रुसको मुख्य निशानामा छ । युरोपेली सङ्घले रुसमाथी नयाँ प्रतिबन्धको प्रस्ताव गरेको छ । रुसी तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली सङ्घका नेताहरूको प्रस्तावमा हङ्गेरी विपक्षमा उभिएको बीबीसीले जनाएको छ । प्रस्तावित थप प्रतिबन्धसम्बन्धी पछिल्लो कदमअघि ईयूले रुसमाथि पाँच पटक प्रतिबन्ध लगाइसकेको छ ।  

रुसले युरोपेली सङ्घ ईयूलाई उसको कुल खपतको ४० प्रतिशत प्राकृतिक ग्यास र २७ प्रतिशत तेल पठाउँछ । त्यसबापत युरोपेली सङ्घका देशहरूले वर्षको झण्डै ४ सय अर्ब युरो बुझाउँने गरेका छन् । जर्मनी र नेदरल्याण्ड्स रुसी ग्यास र तेलको ठूला आयातकर्ता देशहरु हुन् ।
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया