भारत–बङ्गलादेश तेस्रो रेल सेवा सुरु

 जेठ १९, २०७९ बिहिबार ६:४६:१३ | एजेन्सी
unn.prixa.net

भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ । दुवै देशका अधिकारीले झन्डा फहराएर द्विदेशीय रेल सेवाको सुरुआत गरेका छन् ।

पश्चिम बङ्गालको न्यू जलपाइगुडीबाट बङ्गलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई भारतका रेलमन्त्री अश्विनी वैष्णव र उहाँका बङ्गलादेशी समकक्षी मोहम्मद नुरुल इस्लामले आ–आफ्नो देशका झन्डा फहराएर सेवा सुरु गर्नुभएको हो ।

भारत–बङ्गलादेश रेल सेवाबाट दुई देशबीचका नागरिकको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताउनु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मिताली एक्सप्रेसको गएको मार्च २७ मा दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो तर कोभिड–१९ महामारीका कारण सेवा सुरु हुन सकेको थिएन ।    

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया