आईएमई पेले 'रिफर एन्ड अर्न' अफरमार्फत २५ रुपैयाँ बोनस दिने

 जेठ १९, २०७९ बिहीबार ७:३२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई पेले 'रिफर एन्ड अर्न' अफर ल्याएको छ ।

यस अफर अन्तर्गत आईएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथीभाइमाझ सेयर गर्नुपर्ने कम्पनीले जनाएकाे छ । 

प्रापकले त्यस कोड स्वीकारेर आईएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरेपछि दुवै जनाले २५  रुपैयाँ आफ्नो आईएमई पे वालेटमा पाउने छन् । 

प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न सक्ने आईएमईले पेले जनाएकाे छ। प्रयोगकर्ताहरुले आफ्नो आईएमई पे एपको 'रिफर फ्रेन्ड' भागबाट वा https://app.imepay.com.np/links/invite बाट रिफर कोड प्राप्त गर्न सक्नेछन् । 

आईएमई पेले यस एपमार्फत ग्राहकलाई आईएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने बताइएको छ । यस अफरले सेवाग्राहीहरुलाई निरन्तर रुपमा एपकाे प्रयोग गर्न प्रोत्साहन दिने आईएमई पेकाे विश्वास छ । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया