लगातार चौथो दिन पनि शेयर बजार ओरालो, १ अर्ब १६ करोड रुपैयाँको कारोबार

 जेठ १९, २०७९ बिहीबार १५:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव २६ अङ्कले घटेर दुई हजार एक सय १२ दशमलव ४७ विन्दुमा झरेको छ । 

आज म्युचल फन्डबाहेक अरू सबैजसो समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २७ वटा कम्पनीकाे ३५ लाख ६६ हजार कित्ता शेयर एक अर्ब १६ करोड १५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपालको १२ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज सबैभन्दा धेरै प्रभु लाइफ इन्सुरेन्स कम्पनीको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया