तपाईँकाे प्रदेश र पालिकाले कति बजेट पायो ? (सूचीसहित)

 जेठ १९, २०७९ बिहिबार १६:१४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाइसकेको छ । अर्थ मन्त्रालयले चार वटा अनुदानका शीर्षकमा प्रदेश र पालिका सरकारलाई पठाउने बजेट टुङ्गो लगाइसकेको छ । पालिकाले तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ र प्रदेशले एक खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ बजेट पाएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ ले १९ अर्ब नाै करोड, मधेस प्रदेशले १९ अर्ब १५ करोड, बाग्मती प्रदेशले २० अर्ब ३२ करोड, गण्डकीले १६ अर्ब ५४ करोड, लुम्बिनीले १८ अर्ब ४७ करोड, कर्णालीले १८ अर्ब ३० करोड र सुदूरपश्चिम प्रदेशले १७ अर्ब ५५ करोड रुपैयाँ बजेट पाएका छन् ।

पालिकालाई समानीकरण अनुदान अन्तर्गत एक खर्ब २३ करोड, ससर्त अनुदानतर्फ एक खर्ब ८३ अर्ब ७२ करोड, समपूरक अनुदानबापत सात अर्ब २७ करोड र विशेष अनुदानका लागि नाै अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पोखरा महानगरपालिकाले दुई अर्ब ५८ करोड ४६ लाख रुपैयाँ अनुदान पाएको छ । यस्तै काठमाण्डाै महानगरपालिकाले दुई अर्ब तीन करोड ९९ लाख, भरतपुर महानगरपालिकाले एक अर्ब ८० करोड २४ लाख पाएकाे छ । यस्तै वीरगञ्ज महानगरपालिकाले एक अर्ब ४४ करोड ८६ लाख, ललितपुर महानगरपालिकाले एक अर्ब २१ करोड ८९ लाख र विराटनगर महानगरपालिकाले एक अर्ब २१ करोड ८५ लाख रुपैयाँ अनुदान पाएका छन् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया