‘कर्मचारीको सेवा, सुविधालाई ध्यान दिएर राष्ट्र बैंककाे विनियमावली बनाइने छ’

 जेठ १९, २०७९ बिहीबार १८:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कर्मचारीले सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिएर बैंकको विनियमावली बनाइने बताउनुभएको छ । 

आज बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गर्भनर अधिकारीले विनियमावलीमा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताउनुभएको हो । उहाँले विगतमा भएको व्यवस्थामा घटेर नआउने बरु अझ राम्रो भएर आउने बताउनुभयो । 

गभर्नर अधिकारीले राष्ट्र बैंकमा सुशासन कायम गर्न वर्तमान व्यवस्थापन दत्तचित्त भएर लागेको बताउनुभयो । बैंकका कर्मचारीहरूले गलत काम नगरेको भन्दै उहाँले कसैले गलत काम गरेको पाएमा प्रमाणसहित जानकारी दिन आग्रह पनि गर्नुभयो । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया