लगातार पाँचाैँ दिन पनि शेयर बजार घट्यो, नेप्से २१ सय विन्दुभन्दा तल

 जेठ २०, २०७९ शुक्रबार १५:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार पाँचौँ दिन आज शुक्रवार पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २६ वटा कम्पनीकाे ३८ लाख ४८ हजार कित्ता शेयर एक अर्ब ३० करोड ७३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया