माेटरसाइकलले ठक्कर दिँदा राप्रपा नेता श्रेष्ठकाे निधन

 जेठ २२, २०७९ आइतबार १५:३२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनु भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठको ५६ वर्षको उमेरमा निधन भएको छ । हिजो शुक्रवार खोटाङको दिक्तेल बजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते हुनु भएका श्रेष्ठको उपचारका क्रममा आज आइतवार निधन भएको हो । हेलिकप्टरबाट न्युरो अस्पताल बाँसबारी पु¥याइएका श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको हो ।   

श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको रत्नपार्क जिरोप्वाइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढल्नुभएका श्रेष्ठको टाउको र छातीमा चोट लागेको थियो । 

श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष हुनु हुन्थ्यो । झन्डै १५ वर्ष पार्टीको जिल्ला अध्यक्षको भूमिकामा रहनुभएका उहाँ भर्खरै सम्पन्न पालिका चुनावमा दिक्तेल रुपाकोटमा मेयरका उम्मेदवार हुनु हुन्थ्यो । 

दुर्घटनामा मोटरसाइकलमा सवार दिक्तेल रुपाकोट ५ लफ्याङकी ४८ वर्षीया विष्णुकुमारी राई घाइते हुनु भएको छ । हेलिकप्टरबाट श्रेष्ठसँगै काठमाण्डाै पठाइएकी राईको न्युरो अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घाइते विष्णुकुमारी र पक्राउ परेका अभिषेक आमाछाेरा हुन् । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया